भारतले मिसाइल हानेको विषयमा पाकिस्तानले जर्मनी गुहार्यो, चीन र अमेरिका अगाडि आए
काठमाडौं। ९ मार्चमा ‘गल्तीवश’ भारतको ब्रह्मोस मिसाइल फायर भएर पाकिस्तानमा खसेको विषयमा भारतका रक्षा मन्त्री राजनाथ सिंहले आज आफ्नो संसदमा बयान दिएका छन् । उता पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले यस विषयमा जर्मनीसँग छलफल गरेका छन् । यो मामिलामा २ शक्तिशाली मुलुकहरु अमेरिका र चीनले पनि आफ्नो पक्ष राखेका छन् ।
रक्षा मन्त्री राजनाथ सिंहले संसदमा बयान दिँदै भारतले आफ्नो हतियार प्रणालीको सुरक्षा र रक्षालाई सर्वोच्च प्राथमिकता दिने बताए । उनजले यो दुर्घटनाको सटिक कारण जाँचपछि मात्रै थाहा हुने बताएका छन् । उनले संसदमा भने ‘नियमित रेखदेख र निरीक्षणको क्रममा लगभग ७ बजे एक मिसाइल फायर भएको थियो । पछि यो मिसाइल पाकिस्तानको क्षेत्रमा खसेको थाहा भयो । यो घटनाको लागि हामीलाई खेद छ । यो दुर्घटनामा कसैलाई चोट नलागेकोमा हामीलाई राहत महसुस भएको छ । सरकारले यसलाई गम्भीरतापूवृक लिएको छ र औपचारिक उच्चस्तरीय जाँचको आदेश दिएको छ ।
जर्मनीलाई जानकारी
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले सोमबार जर्मनीकी विदेशमन्त्री एनालिन बेयरबकलाई फोन गरेर मिसाइल खसेको घटनाको जानकारी दिएका छन् । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताको तर्फबाट जारी बयानका अनुसार कुरैसीले जमस्नीकी विदेश मन्त्रीलाई भारतले ‘गल्तीवश’ चलेको मिसाइलको मामिलामा खेद व्यक्त गरेको बताएका छन् । कुरैसीले यस किसिमका गम्भीर मामिलाको हल भारतीय अधिकारीहरुको तर्फबाट दिइएको साधारण सफाइको आधारमा गरिन नहुने पनि बताए ।
पाकिस्तानले जर्मनीलाई आफूले भारतसँग यो मामिलामा भारतले मात्र गठन गरेको जाँच समितिको जाँच पर्याप्त नहुने र यसको संयुक्त जाँच गराइनुपर्ने माग गरेको पनि जानकारी गराएको छ । कुरैसीले जर्मनीकी समकक्षीसँग अन्तर्राष्ट्रिय समुदायले यो घटनालाई गम्भीरताका साथ लिनुपर्ने बताए । यद्यपि पाकिस्तानले जारी गरेको बयानमा यस विषयमा जर्मन विदेशमन्त्रीको पक्ष के थियो भन्ने खुलाइएको छैन ।
चीनले छिटो छलफल गर्न भन्यो
चीनको विदेश मन्त्रालयले पनि यस विषयमा आफ्नो पक्ष राखेको छ । चीनको विदेश मन्त्रालयको दैनिक ब्रिफिङमा प्रवक्ता झाओ लिजियानले भारत र पाकिस्तानले जतिसक्दो छिटठो यो विषयमा छलफल गर्नुपर्ने र गहन जाँच सुरु गर्नुपर्ने बताएका छन् ।
सोमबार पाकिस्तानी समाचार एजेन्सी एपीपीका एक पत्रकारको प्रश्नको जवाफमा लिजियानले भने ‘चीनले यसबारेमा प्रासंगिक जानकारीहरु नोट गरेको छ । पाकिस्तान र भारत दुवै दक्षिण एसियाका अहम देश हुन् र यो क्षेत्रमा सुरक्षा स्थिरता कायम राख्नु दुवैको जिम्मेवारी हो । चीन दुवै देशहरुसँग छिटो वार्ता गर्न अपिल गर्दछ ।’
अमेरिकाले के भन्यो ?
मिसाइल घटनालाई अमेरिकाले यो केवल एक दुर्घटना भएको बताएको छ । अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले सोमबार मिडियासँग कुरा गर्दै भारतको तर्फबाट मिसाइल प्रहार हुनु केवल एक दुर्घटना भएको बताएका छन् । नेड प्राइसले भने ‘जस्तो कि तपाइँले हाम्रा भारतीय सहयोगीहरुबाट पनि सुन्नुभयो कि यो कुराको कुनै संकेत छैन कि यो दुर्घटनाबाहेक अरु केही थियो ।’ उनले अन्य जानकारीको लागि भारतीय रक्षा मन्त्रालयसँग सम्पर्क गर्न आग्रह गरे ।







डिसी नेपाल







Facebook Comment