मिसाइल विवादमा भारतले आफ्नो माग नमानेपछि पाकिस्तान संयुक्त राष्ट्रसंघ पुग्यो

डिसी नेपाल
१ चैत २०७८ १४:५७
1.1k
Shares

काठमाडौं। भारतीय मिसाइल प्राविधिक गडबडीका कारण फायर भएर पाकिस्तानमा खसेको विषयमा भारतले आफ्नो माग नमानेपछि पाकिस्तान संयुक्त राष्ट्रसंघ पुगेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग कुरा गरेका छन् । कुरैसीले महासचिव गुटेरेसलाई भारतीइ मिसाइल फायर भएर पाकिस्तानमा खसेको घटनाबारे जानकारी दिँदै यसले उड्डयन सुरक्षाका साथै क्षेत्रीय शान्ति र अस्थिरताका विषयमा भारतको उपेक्षा दर्शाउने बताए ।

पाकिस्तानले यो घटनाको संयुक्त जाँच गर्नुपर्ने माग गरेको छ तर भारतले आफ्नै तर्फबाट उच्चस्तरीय विभागीय जाँच सुरु गरेको छ । पाकिस्तानी विदेशमन्त्रीले राष्ट्रसंघीय महासचिवसँगको कुराकानीमा भारतको हर्कत गैरजिम्मेवार भएको बताउँदै यो घटनालाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद सहित अन्तर्राष्ट्रिय समुदायले सम्बोधन गर्नुपर्ने बताए ।

पाकिस्तानका एक अधिकारीले यदि भारत संयुक्त जाँचको मागमा सहमत भएन भने पाकिस्तानले अरु विकल्पको बारेमा पनि विचार गरिरहेको बताए । अधिकारीले पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनसँग भने ‘हामी अहिले पनि भारतको प्रतिक्रियाको प्रतीक्षा गरिरहेका छौं । ती अधिकारीले यो सजिलै किनारा लगाइने सामान्य मुद्दा नभएको बताए । उनले भने ‘यदि भारत संयुक्त जाँचमा सहमत हुन अस्वीकार गर्छ भने हामी अरु विकल्पमा पनि विचार गरिरहेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *