खुट्टा गन्हाउने समस्या छ ? यसरी पाइन्छ छुट्कारा

डिसी नेपाल
१ चैत २०७८ १५:३१

काठमाडौं । गर्मी मौसममा धेरै मानिसहरुको खुट्टा गन्हाउने समस्या हुन्छ । हुन त यो समस्या जाडोमा पनि हुने गर्दछ तर गर्मीमा भने अत्याधिक हुने गर्दछ । कतिपय स्थानमा खुट्टा गन्हाउँदा लज्जित हुनु पर्ने पनि हुन सक्छ । साथै कार्यालय वा विभिन्न व्यक्तिसँग भेटघाटमा जाँदा जुत्ता खोल्नु पर्ने समस्याले हैरानी पनि हुन सक्छ ।

खुट्टा तातो भएर पसिना आउँदा फंङगस उत्पन्न हुन्छ । जसका कारण खुट्टा गन्हाउन सुरु हुन्छ । यो समस्या भइसकेपछि ३–४ हप्तासम्म ध्यान दिनुपर्छ ।यसका लक्षणहरू विशेष गरी खुट्टाको औंलाको कापमा र छालामा चिरा पर्ने, फोका निस्की पानी भरिएर फुट्ने र पोलिरहने पनि हुन्छ । यस्तो बेलामा केही उपाय अपनाएर समस्या केही कम गर्न सकिन्छ।

खुट्टाको स्याहार– गन्हाउने समस्या भएका बेलामा खुट्टामा जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुल्ला राख्नुपर्छ । यो बेलामा छालामा परेका साना चिरा दुख्छन् र तिनीहरूमा संक्रमण हुन सक्छ । यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फङगसलाई बढ्नबाट रोक्छ ।

खाने सोडाको प्रयोग– एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केहीबेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ।

मरेको छाला हटाउने – नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा ब्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेषगरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ।
जुत्ता ओभानो र सुख्खा पारेर लाउने।

सूतीको मोजाको प्रयोग– मोजा गन्हाउने र हिलो उछ्रने जस्ता समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ ।

खुट्टा सुख्खा राख्ने– नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०–१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टाका काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु बेश हुन्छ ।

खुट्टा गन्हाउने व्यक्तिले कपडाको जुत्ता लगाउनु बेश हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्ने । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ । तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *