४० पैसा माग्दै एक व्यक्ति पुगे अदालत, १० हजार गुणा धेरै रकम जरिवाना तिराइमा परे
काठमाडौं। के तपाइँ रेष्टुरेन्टमा खाना खान जानुहुन्छ ? लगभग सबैजसो मानिसहरु रेष्टुरेन्टमा खाना खान जान्छन् र मन परेको खानेकुरा खान्छन् । तर ती व्यक्तिहरुले रेष्टुरेन्टको बिलमा पैसा–पैसाको हिसाब भने खोन्दैछन् । धेरैले बिलमा आएको रकम ‘राउण्ड फिगर’मा तिर्छन्, कतिले बाँकी भएको रकम टिप्सको रुपमा छोडिदिन्छन् । तर, भारतको कर्नाटकको राजधानी बैंगलुरुमा एक व्यक्तिले रेष्टुरेन्टले आफूसँग ४० पैसा धेरै लिएको भन्दै अदालतमा मुद्दा हालिदिए ।
रिपोर्टका अनुसार यो घटना मे २०२१ को हो । मूर्ति नामका व्यक्ति बैंगलुरुको एक होटलमा खाना खान गएका थिए । रेष्टुरेन्टले उनलाई २६५ रुपैयाँको बिल दियो जबकि उनले खाएको खानेकुराको मूल्य २६४ रुपैयाँ ६० पैसा थियो । ४० पैसाको हिसाब नमिलेपछि मूर्तिले रेष्टुरेन्टमाथि ग्रहकलाई लुटेको आरोप लगाउँदै उपभोक्ता अदालतमा मुद्दा हालिदिए र रेष्टुरेन्टसँग १ हजारअ रुपैयाँ हर्जाना माग गरे । तर, यो हर्कत उनकै लागि घातक भयो र उनले उल्टै ४ हजार रुपैयाँ जरिवाना तिर्नुपर्यो ।
इण्डिया टुडेका अनुसार अदालतमा मूर्तिले आफैं आफ्नो पक्ष राखेका थिए । उनले अदालतमा दायर गरेको याचिकामा यो घटनाले आफू चिन्तित भएको र बिलभन्दा धेरै पैसा तिर्नुपर्दा दुःख लागेको बताए । मूर्तिको याचिकामाथि ८ महिना सुनुवाइ चल्यो । सोमबार अदालतले मूर्तिको विरुद्ध फैसला सुनाए । अदालतले पैसालाई यसको नजिकको रुपैयाँमा ‘राउण्ड फिगर’ गर्न सकिने र २६४ रुपैयाँ ६० पैसाको नतिकको रुपैयाँ २६५ रुपैयाँ हुने ठहर गर्यो ।
अदालतले मूर्तिको योचिकाले केवल अदालतको समय बर्बाद गरेको ठहर गर्दै उनले जरिवाना तिर्नुपर्ने फैसला गर्यो । अदालतले मूर्तिलाई २ हजार रुपैयाँ रेष्टुरेन्टलाई र २ हजार रुपैयाँ अदालतलाई तिर्न आदेश दिएको छ । अदालतले मूर्तिले ३० दिनभित्र जरिवाना नतिरे उनीमाथि कारवाही गरिने बताएको छ ।







डिसी नेपाल







Facebook Comment