रुसले प्रहार गरेका मिसाइलमा ‘नौलो उपकरण’, यसका कारण मिसाइल खसाल्न नसकिने

डिसी नेपाल
१ चैत २०७८ १५:२४
14.3k
Shares

काठमाडौं । अमेरिकी अधिकारीहरूका अनुसार युक्रेनमा रुसले प्रहार गरेका बलिस्टिक मिसाइलहरूमा पहिला थाहा नभएको छद्म साधन जडान गरिएको र त्यसका कारण मिसाइललाई बीचमै रोक्न नसकिने भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

नाम उल्लेख नगरिएका एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले छोटो दूरीको इस्कान्डर-एम बलिस्टिस्क मिसाइलमा जडित एक फुट लामो त्यस्तो साधनमा रेडिओ सङ्केत उत्पन्न गराउने विशेष उपकरण हुने गरेको र त्यसका कारण प्रहार गरिएको मिसाइल रेडारले पत्ता लगाउन नसक्ने विवरण प्रकाशित गरेको छ।

त्यसबाहेक आइरहेका मिसाइललाई आफूतिर आकर्षित गर्न प्रत्येक साधनमा तापको एउटा स्रोत पनि हुन्छ। ती अमेरिकी अधिकारीहरूका अनुसार सन् १९७० को दशकदेखि नै पारमाणविक युद्धशीर्षमा भेदन प्रक्रियामा सहयोग गर्ने त्यस प्रकारको साधन प्रयोग हुँदै आएको छ।

सामाजिक सञ्जालमा अस्त्रविज्ञहरूले पहिचान गर्न नसकिएका त्यस्ता साधनका तस्बिरहरू प्रेषित गरेका छन्। फेब्रुअरी २४ मा युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी सेनाले ९०० वटा मिसाइल प्रहार गरिसकेको एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले सोमवार संवाददाताहरूलाई बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *