‘राजाराम निवास’मा फरक राजाराम
काठमाडौं । एम ई टिभीको प्रस्तुतिमा रेस्क्यू क्रिएसनले पारिवारिक कमेडी सिरियल ‘राजाराम निवास’ निर्माण गरेको छ । निर्देशक नवल नेपाल निर्देशित सिरियल कलाकार राजाराम पौडेल वरपर घुमेको छ ।
सिरियलमा राजारामलाई सरकारी जागिरबाट अवकास प्राप्त कर्मचारीको रुपमा प्रस्तुत गरिएको छ । सिरियलमा उनी लोभी चरित्रका छन् । ‘नेपालका ५० जिल्ला पुगेर कामको अनुभव संगालिसकेका राजारामलाई त्यहाँको रहनसहन, रीतिरिवाज, बोलीचाली, भाषासंस्कृतिको ज्ञान छ’, निर्देशक नेपाल भन्छन्, ‘अवकास प्राप्त जीवनलाई राजारामले कसरी सदुपयोग गरिरहेका छन् भन्ने कुरा ‘राजाराम निवास’मा देखाएका छौं ।’
सिरियलमा राजारामका अलावा विमला गिरी, निर्मल न्यौपाने, अर्चना खनाल, साहिना भट्टराई र खड्गबहादुर पुन मगर(खबपु)को अभिनय छ ।
म्यूजिक भिडियो निर्देशक समन अधिकारीको कथा र महेश दवाडी तथा दिनेश न्यौपानेको लेखन रहेको टेलिसिरियलमा अर्जुन पोखरेल र विनोद खम्बुको संगीत, विनोद भुजेलको पाश्र्व संगीत, मुक्त उदास र हरि उप्रेतीको गीत, मदनकाश्यप घिमिरेको छायांकन, गौतम खड्काको सम्पादन र भीष्म आचार्यको प्रोडक्सन छ । सिरियलको कार्यकारी प्रमुख रिमेश अधिकारी हुन् ।
रेस्क्यू क्रिएसनका प्रमुखसमेत रहेका समनले क्रिएसनमार्फत सातवटा टेलिसिरियल निर्माण गरिरहेको जानकारी दिए । यी सिरियल विभिन्न च्यानलमार्फत प्रसारणमा आउनेछन् । ‘राजाराम निवास’ चैतको पहिलो साताबाट हरेक बिहीबार साँझ ६ः३० र राति १० बजे कान्तिपुर टिभी र बेलुकी ८ बजे र राति १०ः३० बजे एम ई टिभीबाट प्रसारण हुनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment