किभमा ३५ घन्टा कर्फ्यु
किभ। रुसले युक्रेनमाथि आक्रमण थालेको २० औँ दिनमा राजधानी किएभका मेयर भिटाली क्लित्स्कोले आज रातिबाट बिहीबार बिहानसम्म ३५ घण्टाका लागि कर्फ्यु लगाइने बताएका छन्।
उनले अहिले किएभले खतरनाक र कठिन क्षणको सामना गरिरहेको पनि बताएका छन्। उनले मङ्गलवार बिहान आवासीय भवनहरूमा रुसी हवाई हमला हुँदा चारजनाको ज्यान गएको बताए।
मानिसहरूलाई कर्फ्युका बेला घरमै बस्न वा बमबारीबाट जोगिनका लागि बनाइएका आश्रयस्थलमा बस्न उनले आह्वान गरेका छन्।
सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment