युक्रेनले नेटोमा सामेल नहुने स्वीकार्नुपर्छः जेलेन्स्की
किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश उत्तर एटलान्टिक सन्धी संगठन नेटोमा सामेल नहुने स्वीकार्नु पर्ने बताएका छन्। रुसीले युक्रेनमाथिको हमला थप तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीको भनाई आएको हो। युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेन नेटोको सदस्यता बन्ने चाहना देखाउनु पनि हो।
‘यो प्रष्ट छ की युक्रेन नेटोको सदस्य होइन। यसलाई हामीले बुझ्नुपर्छ। हामी पर्याप्त मानिसहरु हौँ,’ सैन्य अधिकारीहरुसँगै बसेर एउटा भिडियो सम्मेलनमा उनले भने, ‘हामीले वर्षैदेखि सुनेका छौं की ढोकाहरु खुला थिए। हामीले यो पनि सुन्यौ की हामी नेटोमा आबद्ध हुन सक्छौं। यो सत्य हो र यसलाई पहिचान गर्नुपर्छ। ’
आफ्नो देशले ‘नेटोको ढोका’ बन्द भएको स्वीकार गर्नुपर्ने उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment