रुसको सरकारी टेलिभिजनमा लाइभ शो चलिरहँदा युद्धविरोधी पोस्टर देखाउने महिला ‘गायब’
काठमाडौं। रुसको सरकारी टेलिभिजन च्यानलमा बेलुकीको कार्यक्रम चलिरहेका बेला हातमा युद्ध विरोधी पोस्टर लिएर उभिने महिलाको बारेमा क्रेमलिनले आफ्नो बयान जारी गरेको छ । क्रेमलिनका प्रवक्ताले यी महिलाको विरोधलाई ‘उपद्रो’ भनेका छन् । रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभको हवाला दिँदै भनेको छ ‘टिभी च्यानलले यो घटनाको जाँचगरिरहेको छ, यो हाम्रो एजेण्डामा छैन ।’
महिलाको नाम मरिना ओभस्यानिकोभा बताइएको छ जो त्यही च्यानलमा उक एडिटर हुन् । शोका क्रममा उनी पोस्टर लिएर न्यू एंकरको पछाडि उभिएकी थिइन् । यो विरोधको बारेमा रुसको सरकारी मिडियाले कुनै कुरा गरेको छैन । केवल एक स्वतन्त्र अखबारले यो विरोधको बारेमा आफ्नो प्रथम पृष्ठमा जानकारी दिएको छ । तर, अखबारले पनि पोस्टरमा शब्द धमिलो बनाएको छ किनकि रुसमा यो पोस्टर छाप्नु पनि अपराध हो ।
अहिले भने मरिना गायब छिन् र उनी कहाँ छिन् भन्ने थाहा हुन सकेको छैन । उनलाई हिजो राती हिरासतमा लिइएको थियो । उनका वकिलका अनुसार उनले मरिनालाई टेलिभिजन सेन्टर नजिक हरेक पुलिस स्टेसनमा खोज्ने कोसिस गरे तर मरिना भेटिइनन् ।







डिसी नेपाल







Facebook Comment