संयुक्त राष्ट्रसंघमा पाकिस्तानको प्रस्ताव पारित, भारत चिन्तित
काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा मंगलबार ‘इन्टरनेशनल डे टु कम्ब्याट इस्लामोफोबिया’ अर्थात यस्लामोफोबिया विरोधी दिवस मनाउनको लागि पाकिस्तानले ल्याएको प्रस्ताव पारित भएपछि भारतले चिन्ता व्यक्त गरेको छ ।
भारतले एउटा धर्मलाई लिएर डर त्यो स्तरसम्म पुगेको र यसको लागि अन्तर्राष्ट्रिय दिवस मनाउनुपर्ने स्थिति आएको भन्दै चिन्ता व्यक्त गरेको हो । भारतले भनेको छ ‘धर्मका विषयमा डरको माहोल बनाइदैछ, खासगरी हिन्दू, बौद्ध र सिख धर्म विरुद्ध ।’
१९३ सदस्यीय संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानका राजदूत मुनीर अकरमले १५ मार्चलाई इन्टरनेशनल डे टु कम्ब्याट इस्लामोफोबिया अर्थात इस्लामोफोबियाविरुद्ध लडाइँको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइयोस् भन्ने प्रस्ताव राखेका थिए ।
यो प्रस्तावबारे पाकिस्तानी प्रधानमन्त्री इमरान दखानले भने ‘इस्लामोफोबियाको बढ्दो माहोलविरुद्ध हाम्रो आवाज सुनिएको छ । १५ मार्चलाई इन्टरनेशनल डे टु कम्ब्याट इस्लामोफोबियाको रुपमा मनाउनको लागि अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसनको तर्फबाट पाकिस्तानले राखेको ऐतिहासिक प्रस्तावलाई संयुक्त राष्ट्रसंघले पारित गरेको छ । यसका लागि म मुस्लिम जगतलाई बधाइ दिन्छु ।’
I want to congratulate the Muslim Ummah today as our voice against the rising tide of Islamophobia has been heard & the UN has adopted a landmark resolution introduced by Pakistan, on behalf of OIC, designating 15 March as International Day to Combat Islamophobia.
— Imran Khan (@ImranKhanPTI) March 15, 2022
समाचार एजेन्सी पीटीआइका अनुसार अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसनको यो प्रस्तावलाई अफगानिस्तान, बंगलादेश, चीन, इजिप्ट, इण्डोनेसिया, इरान, इराक, जोर्डन, कजाखस्तान, कुवेत, किर्गिजिस्तान, लेबनान, लिबिया, मलेसिया, माल्दिभ्स, माली, पाकिस्तान, कतार, साउदी अरब, टर्की, तुर्कमेनिस्तान, युगाण्डा, युएइ, उज्वेकिस्तान र यमनले समर्थन गरेका थिए ।
?: @UN GA has adopted a resolution spearheaded by ??on behalf of @OIC_OCI to designate March 15 as Int’l Day to Combat #Islamophobia❗️
➖Its unanimous adoption in #UNGA is a testament to ??s advocacy of the issue led by vision of PM @ImranKhanPTI.#MuslimLivesMatter pic.twitter.com/GzSNMZ7MSH
— Spokesperson ?? MoFA (@ForeignOfficePk) March 15, 2022
यो प्रस्ताव पारित भएपछि संयुक्त राष्ट्रसंघमा भारतका स्थायी प्रतिनिधि टिएस तिरुमूर्तिले भने ‘भारतलाई आशा छ कि यो प्रस्ताव नजीर बन्ने छैन । यो प्रस्तावपछि अन्य धर्मप्रति डरलाई लिएर कैयौं प्रस्ताव आउन सक्छन् र संयुक्त राष्ट्रसंघ धार्मिक शिविरमा बदलिन सक्छ । १ अर्ब २० करोडले हिन्दू धर्म मान्छन् । बौर्ध धर्म मान्ने ५३.५ करोड छन् र ३ करोडभन्दा धेरै सिख विश्वभरी फैलिएका छन् । यो कुनै एक धर्मको सट्टा सबै धर्मप्रति फैलिरहेको डरको माहोल बुझ्ने समय हो ।’







डिसी नेपाल







Facebook Comment