अमेरिकी वैज्ञानिकलाई अन्तरिक्षमै छाडेर अन्तर्राष्ट्रिय स्पेस स्टेशन खसालिदिने रुसको धम्की
काठमाडौं। रुसले अमेरिकासँग बदला लिने धम्की दिएको छ । रुसले एक जना अमेरिकी अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमै छोडीदिने बताएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिक मार्क वंदे हेइ अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा छन् । उनको साथमा अन्य २ अन्तरिक्ष यात्री छन् । यी तीनै जना ३० मार्चमा रुसी स्पेसक्राफ्ट सोयुजबाट पृथ्वीमा फर्किने कार्यक्रम छ ।
डेलीमेलका अनुसार रुसी अन्तरिक्ष एजेन्सी रसकसमसका प्रमुख दिमित्री रोगोजिनले धम्की दिएका छन् कि रुसले अमेरिकी अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमै छोडिदिन सक्छ वा अन्तर्राष्ट्रिय स्पेस स्टेशन नै षतिग्रस्त बनाएर पृथ्वीमा खसालिदिन सक्छ । उनले अमेरिकासँग बदला लिन यस्तो गरिन सक्ने बताएका छन् ।
डेलीमेलसँगको कुराकानीमा मार्ककी आमाले यो भयानक धम्की भएको बताइन् । मार्क ३५५ दिनको परिक्रमापछि फर्किने कार्यक्रम छ । यसअघि कुनै पनि पश्चिमी अन्तरिक्ष यात्रीले अन्तरिक्षमा यति धेरै समय बिताएका थिएनन् । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी रोगोजिनले ट्वीटरमा एउटा भिडियो जारी गरेर हंगामा मच्चाइदिएका छन् ।
उनले धम्की दिएका छन् कि मार्क वंदे हेइलाई अन्तरिक्षमै छोडिदिन्छौं वा अन्तर्राष्ट्रिय स्पेस स्टेशनको रुसी भाग निकालिदिन्छौं जसका कारण त्यो पृथ्वीमा खस्छ । यसलाई जो बाइडेनले रुसमाथि लगाएको प्रतिबन्धको जवाफ मानिएको छ । रोगोजिनले भनेका छन् ‘के तपाइँ आइएसएसमा हाम्रो सहयोग समाप्त पार्न चाहनुहुन्छ ? यदि यस्तो हो भने आइएसएसलाई अनियन्त्रित भएर अमेरिका वा युरोपमा खस्नबाट कसले बचाउँछ ?







डिसी नेपाल







Facebook Comment