रुसी अधिकारीलाई राजीनामा दिन युक्रेनी राष्ट्रपतिको आग्रह

डिसी नेपाल
२ चैत २०७८ १६:२७
1.5k
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुसका उच्च पदस्थ अधिकारी र सञ्चार क्षेत्रका व्यक्तित्वहरूलाई पदबाट राजीनामा दिएर युक्रेन आक्रमणविरुद्ध अडान लिन आग्रह गरेका छन्।

राजधानी किभबाट रुसका अधिकारीहरूलाई सम्बोधन गर्दै उनले युद्धको विपक्षमा उभिन आह्वान गरेका हुन्। “तपाईँहरू पदमै बसिरहँदा युद्धको विरोध हुँदैन। अन्तर्राष्ट्रिय समुदायले तपाईँहरूमाथि सबैखाले सुविधाबाट वञ्चित गर्छ,” उनले भनेका छन्। “प्रोपागाण्डा प्रणालीको लागि पनि यही कुरा लागु हुन्छ,” उनले भने।

उनले भने “यो रुसको चौथो ठूलो शक्तिको स्रोत हो। तपाईँ प्रोपागाण्डाको लागि पदमा बसिरहनु भनेको पदबाट राजीनामा दिनु भन्दा ठूलो जोखिम हो। छोड्नुहोस्। जीवनभर अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खेपेर बस्नु भन्दा केही महिना जागिर नगरी बस्नु तपाईँहरूका लागि राम्रो हुनेछ।“




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *