रूसलाई ठूलो धक्का, युक्रेनले ४ जना सैनिक जनरल मारिदियो
काठमाडौं । युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएयता चौथो रुसी जनरल मारिएको दाबी गरेका छन्। रुसी जनरल मारिनुमा मस्कोले उच्च सैनिक कमान्डरहरूलाई अग्रपङ्क्तिबाट युद्ध लड्न दबाव दिएको हुनसक्ने सङ्केत मिलेको युक्रेनी अधिकारीहरूले आकलन गरेका छन्।
किभको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्टोन जेरास्चेन्कोले मारिओपोल क्षेत्रमा भएको भीषण भिडन्तमा रुसी मेजर जनरल अलेक मित्याभको मृत्यु भएको टेलिग्राममा जानकारी गराएका छन्।
रुसी जनरल मारिएको युक्रेनी दाबीलाई अन्तर्राष्ट्रिय मिडियाले स्वतन्त्र पुष्टि गर्न सकेका छैनन्। मस्कोले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।
जेरास्चेन्कोले मारिएका जनरलको भनिएको तस्बिर समेत पोस्ट गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसी जनरल मारिएको बताए पनि नाम उल्लेख गरेका थिएनन्।
रुसले युक्रेन आक्रमणमा २० जना जनरलहरूको नेतृत्वमा सेना खटाएको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment