जापानमा गयो ७.१ म्याग्नेच्युटको भूकम्प

डिसी नेपाल
२ चैत २०७८ २१:३७
352
Shares

काठमाडौं । जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।

बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७=१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।

भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ । त्यस क्षेत्रभित्र बसोवास गर्ने जनतालाई सचेत रहन सरकारले अनुरोध गरेको छ ।

टोकियोसहित विभिन्न स्थानहरुमा रेलसेवा प्रभाबित भएको छ भने बिभिन्न स्थान गरी लाखौं घरधुरी बिजुलीबिहिन छन् ।

बिद्युतिय प्रवाहमा भएको अवरोधका कारण ट्राफिक लाइटहरुले उक्त छेत्र भित्र काम गरिरहेको छैन । हालसम्म मानवीय क्षतिको विवरण भने पाइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *