काउन्सिल अफ युरोपबाट रुस निलम्बित
काठमाडौं । काउन्सिल अफ युरोपबाट रुसी फेडेरेसनलाई निलम्बन गरिएको छ। काउन्सिल अफ युरोप यो महादेशमा मानव अधिकार, प्रजातन्त्र र कानुनी शासनको रक्षाका लागि स्थापित युरोपको सबैभन्दा पुरानो मध्येको राजनीतिक निकाय हो।
काउन्सिलको कमिटी अफ मिनिस्टर्सले एउटा असाधारण बैठकबाट रुसको सदस्यता निलम्बन गरिएको वक्तव्य मार्फत जनाएको छ।
रुसलाई सदस्यबाट हटाउने प्रक्रिया उसले युक्रेनमा आक्रमण गरेको भोलिपल्ट फेब्रुअरी २५ बाटै सुरु भएको थियो। रुस २६ वर्षदेखि काउन्सिल अफ युरोपको सदस्य थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment