रुससँग सस्तो तेल किन्न खोजेको भारतलाई अमेरिकाले के भन्यो ?
काठमाडौं । युक्रेनमा आक्रमण गरेका कारण रुसमाथि अमेरिकासहित पश्चिमी देशहरुले कडा प्रतिबन्ध लगाएका छन् । रुसको तेल र ग्यासमाथि पनि प्रतिबन्ध लगाइएको छ । पश्चिमी बजारले आफ्नो तेल र ग्यास किन्न छाडेपछि रुसले भारतलाई सस्तो मूल्यमा तेल दिने प्रस्ताव गरेको छ । यस बीच भारतलाई आशंका थियो कि रुससँग तेल किन्दा अमेरिकाले भारतमाथि पनि प्रतिबन्ध लगाउन सक्छ । तर, अहिले अमेरिकाले स्थिति स्पष्ट पारिदिएको छ ।
अमेरिकाले भनेको छ कि युक्रेन संकटका बीच भारतले रुससँग तेल किन्नु रुसमाथि अमेरिकी प्रतिबन्धको उल्लंघन मानिने छैन । यद्यपि यसका साथै अमेरिकाले भारतलाई घुमाउरो चेतावनी पनि दिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार एक पत्रकार सम्मेलनमा मिडियासँग भनिन् ‘कुनै पनि देशको लागि हाम्रो सन्देश यो हो कि उनीहरु त्यो प्रतिबन्धको पालना गरुन् जुन प्रतिबन्ध हामीले लगाएका छौं ।’
रुसले भारतलाई सस्तो दरमा तेल बेच्न चाहेको विषयमा अमेरिकाको भारतलाई सन्देश के छ ? भन्ने प्रश्नमा उनले भनिन् ‘मलाई लाग्दैन यो प्रतिबन्धको उल्लंघन हुनेछ । तर, यो पनि सोच्नुस् कि जब यो समयका विषयमा इतिहासका किताब लेखिनेछ त्यसमा तपाइँ कहाँ उभिन चाहनुहुन्छ ? रुसी नेतृत्वको समर्थन एक आक्रमणको समर्थन हो । एक यस्तो आक्रमण जो स्पष्ट रुपले विनाशकारी देखिएको छ ।’







डिसी नेपाल







Facebook Comment