अश्लीलता फैलाएको मुद्दा खेपिरहेकी महिला अदालतबाट बाहिरिनासाथ फेरि नाङ्गिइन्
काठमाडौं। जुन अपराधको लागि मुद्दा चलिरहेको छ त्यही अपराध त्यो व्यक्तिले फेरि गर्यो भने धेरै देशमा झनै कडा सजाय हुने प्रावधान छ । तर, २८ वर्षकी एक महिला शाकाहारी अभियन्ताले यस्तै गरेकी छिन् ।
ताश पिटरसन नामकी यी महिलालाई अस्ट्रेलियाको एक बजारमा २०२० मा टपलेस भएर प्रदर्शन गरेको आरोपमा मुद्दा चलाइएको थियो । यो मुद्दाको सुनुवाइको ठिक पछि महिलाले एक पटक फेरि टपलेस भएर अदालतको बाहिर प्रदर्शन गरिन् । उनको साथमा अर्की एक महिला र एक पुरुष पनि थिए । यी तीनैजनाको पहिचान पशु अधिकार अभियन्ताको रुपमा गरिएको छ ।
डेलीमेलका अनुसार यो घटना पर्थ मजिस्ट्रेट कोर्ट बाहिरको हो । यहाँ महिलाले मंगलबार यस्तो प्रदर्शन गरेकी हुन् । उनले भनिन् ‘म डेरी उद्योगको बारेमा सत्य बोल्ने कोसिस गरिरहेकी छु । डेरी उद्योगसँग जोडिएका जनावर आफ्ना बच्चाको लागि रोइरहेका छन् । उनीहरु रोएको आवज सुनिनुपर्छ ।’







डिसी नेपाल







Facebook Comment