युक्रेनले ९ जना रुसी सैनिक छाडिदिएको बदलामा रुसले मेलिटोपोलका मेयरलाई रिहा गरिदियो

डिसी नेपाल
३ चैत २०७८ ११:१६
500
Shares

काठमाडौं। युक्रेनको मेलिटोपोल सहरका मेयर इभान फेडोरोभलाई रुसले ९ जना रुसी सैनिकको बदलामा रिहा गरिदिएको युक्रेनले जनाएको छ । कथित रुपमा मेलिटोपोलका मेयरलाई रुसी सैनिकले बन्धक बनाएका थिए । यसअघि उनलाई ५ दिनभन्दा धेरै समय बन्धक बनाएपछि रिहा गरिएको रिपोर्ट सार्वजनिक भएको थियो ।

युक्रेनको एक टेलिभिजनमा वक्तव्य दिँदै रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रेस सचिवले रिहा गरिएका ९ रुसी सैनिकको उमेर १८ देखि १९ वर्ष भएको बतार्एका छन् । उनका अनुसार यी युवाहरुलाई रुसले जबरजस्ती आफ्नो सेनामा भर्ती गरेको थियो । मेयरको रिहाइभन्दा पहिले युक्रेनका अधिकारीहरुले उक भिडियो जारी गरेका थिए जसमा इभान फेडोरोभलाई आँखामा पट्टी बाँधेर केही व्यक्तिहरुले लैजाँदै गरेको देखिएको थियो ।

मेयरको अपहरणपछि रुसी सेनाका टुकडीले घेरिएका मेलिटोपोल सहरका स्थानीयले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि मेलिटोपोल सहरका मेयरलाई बन्धक बनाइएको आरोप लगाएका थिए । मेलिटोपोल दक्षिण पूर्वी युक्रेनको सानो सहर हो जहाँ रुसले आक्रमणको सुरुवाती दिनमै कब्जा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *