१२ सय सर्वसाधारण मानिसले भरिएको नाटकघरमा हवाई आक्रमण
काठमाडौं । घेराबन्दीमा परेको युक्रेनी सहर मारिओपोलस्थित एउटा नाटकघरमा रुसी फौजले बम आक्रमण गरेको युक्रेनी निकायहरूले जनाएका छन्।
उक्त नाटकघरलाई ठूलो सङ्ख्यामा सर्वसाधारणहरूले आश्रयस्थलका रूपमा प्रयोग गरिरहेका थिए।
सहरका अधिकारीहरूले १,२०० जनाजति मानिस भवनभित्र रहेका बेला रुसी लडाकु विमानले जानीजानी निसाना बनाएको दाबी गरेका छन्।
उक्त घटनाका विस्तृत विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
रुसले भने त्यहाँ आक्रमण नभएको जनाएको छ।
चारै तिरबाट रुसी सेनाले घेरेको मारिओपोलमा हप्तौँदेखि निरन्तर बमबारी भइरहेको छ।
Another horrendous war crime in Mariupol. Massive Russian attack on the Drama Theater where hundreds of innocent civilians were hiding. The building is now fully ruined. Russians could not have not known this was a civilian shelter. Save Mariupol! Stop Russian war criminals! pic.twitter.com/bIQLxe7mli
— Dmytro Kuleba (@DmytroKuleba) March 16, 2022







डिसी नेपाल







Facebook Comment