बलिउडका यी लामा चुम्बन दृश्य

डिसी नेपाल
३ चैत २०७८ ११:४०
112
Shares

काठमाडौं। बलिउड फिल्मको चर्चा हरेक ठाउँमा हुने गर्दछ। फिल्ममा रोमान्स हुनु कुनै नौलो कुरा होइन। बलिउडका केही फिल्म लामा चुम्बन दृश्यका कारण पनि चर्चामा आउने गर्दछन्।

सन् २०१६ मा रिलिज फिल्म ‘फितूर’मा आदित्य रोय कपुर र कटरिना कैफको चुम्बन दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। फिल्मको यो चुम्बन दृश्य करिब तीन मिनेटको थियो।

फिल्म ‘मर्डर’मा इमरान हासमी र मल्लिका शेरावतको चुम्बन दृश्य सायद कसैले बिर्सिएका छैनन्। उनीहरूले पनि यो फिल्ममा निकै लामो चुम्बन दृश्य दिएका थिए। ऋतिक रोशन र कटरिना कैफको फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मा उनीहरूको एक किसिङ दृश्य थियो । वास्तविक रुपमा यो दृश्य करिब तीन मिनेटको थियो । तर, निर्माताहरूले दृश्य लामो हुने भन्दै काटेका थिए।

आमीर खान र करिश्मा कपुरको अभिनय रहेको फिल्म ‘राजा हिन्दुस्तानी’को एक चुम्बन दृश्य पनि लामो चुम्बन दृश्यमा समावेश छ । फिल्ममा एक रुखको मुनि पानी परिरहेको बेला आमीर र करिश्माले करिब डेढ मिनेटसम्म चुम्बन गरेका थिए।

रणवीर सिंह र अनुष्का शर्माले फिल्म ‘बेण्ड बाजा बारात’मा झण्डै एक मिनेटको चुम्बन दृश्य दिएका थिए। अभिनेता हिमांशु रोय र अभिनेत्री देविका रानीले फिल्म ‘नागनकी रागिनी’मा करिब चार मिनेटको चुम्बन दृश्य दिएका थिए । त्यो समयमा यो फिल्म निकै विवादमा पनि आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *