लमजुङमा साढे ३० हजारले कोरोनाविरुद्धको खाेपकाे बुस्टर डाेज लगाए
लमजुङ। लमजुङमा ३० हजार ५ सय २० जनाले कोरोना भाइरसविरुद्धको खाेपकाे बुस्टर डाेज लगाएका छन् । कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बुस्टर खोप लगाएका हुन्।
जिल्लामा हालसम्म १ लाख २४ हजार ७ सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्। जसमध्ये पूर्ण खोप तथा दोस्रो मात्रा खोप लगाउनेको संख्या १ लाख १९ हजार ९ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ।
स्वास्थ्य कार्यालयले कूल १ लाख ३२ हजार ८ सय ७० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो। पहिलो खोप ९४.३६ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए। उनका अनुसार दोस्रो मात्र खोप ९०.७५ प्रतिशतले लगाएका छन्।
कार्यालयले १८ वर्षमाथिका १ लाख १३ हजार ४ सय ८२ र १२ देखि १७ बर्षका १९ हजार ३ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो। १२ देखि १७ बर्षसम्मका १६ हजार ९ सय ४६ मजनालाई मोर्डनाको पहिलो डोज खोप लगाइएको छ भने दोस्रो मात्रा लगाउनेको संख्या १५ हजार २ सय ९ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लामा सुरुमा अभियानकै क्रममा खोप लगाइएकोमा पछिल्लो समय जिल्ला अस्पताल लमजुङबाट प्रत्येक साताको सोमबार र बिहीबार नियमित रुपमा खोप दिइदै आएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment