चीनले भन्यो – ‘रूसमाथि प्रतिबन्ध लगाउनु गल्ती हुनेछ’

डिसी नेपाल
४ चैत २०७८ १०:२४
748
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि चीनका प्रतिनिधिले सुस्त गतिमा विश्वको अर्थतन्त्र राम्रो अवस्थामा फर्किरहेको बेला रुसविरुद्ध प्रतिबन्ध लगाउनु गल्ती हुने बताएका छन्।

“तथ्यहरूले प्रतिबन्धको प्रयोगबाट कुनै समस्या समाधान हुँदैन भन्ने प्रमाणित गरिसकेका छन्। बरु त्यसले नयाँ समस्याहरू उत्पन्न गराउँछ,” राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा बोल्दै झाङ जुनले भने।

पश्चिमा राष्ट्रहरूले रुसविरुद्ध एकपछि अर्को प्रतिबन्ध थपिरहेको बेलामा चेतावनी दिँदै त्यस्तो उपायले खाद्यान्न र ऊर्जा सङ्कट बढ्ने तथा विशेषतः विकासोन्मुख राष्ट्रमा मानिसहरूको जीविकोपार्जनमा क्षति पुर्‍याउने बताए।

उनले चीन अन्तर्राष्ट्रिय समुदायजस्तै युक्रेनमा युद्धविराम हुनुपर्ने पक्षमा रहेको दोहोर्‍याए।

“सबै पक्षले आगोमा घिउ थप्न नभई शान्तिवार्ताका लागि थप काम गर्नेछन् भन्ने हाम्रो अपेक्षा छ।”

अमेरिकी अधिकारीहरूका अनुसार रुसले चीनसँग सैन्य र आर्थिक सहायता मागेको छ भने चीनले त्यसका लागि आफू तयार रहेको देखाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *