कार्यकर्ता र मतदाता भड्काउने सत्ताधारी गठबन्धन

जगदीश दाहाल
४ चैत २०७८ ११:५६

अहिले हामीले अंगीकार गरेको राजनीतिक प्रणालीमा चुनावी गठबन्धन आवश्यक छ। कुनै एक दलले बहुमत ल्याउने अवस्था नहुँदा राजनीतिक स्थिरता दिन पनि गठबन्धन आवश्यक छ।

यसअघिको संघीय र प्रादेशिक निर्वाचनमा बाम गठबन्धन बनाएरै तत्कालीन नेकपाले बहुमतको सरकार बनाएको थियो, भलै पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसकेर नेकपा नै विभाजित बन्न पुग्यो।

अहिले फेरि स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरुबीच गठबन्धन बनाउने कुराले चर्चा पाएको छ। हुन त राजनीतिमा असम्भव भन्ने केही हुँदैन, राजनीतिमा जे पनि सम्भव हुन्छ भनिन्छ। तर त्यसो भन्दैमा जे पनि गर्न हुने वा जे गर्दापनि स्वभाविक हुन्छ भन्ने हुँदैन। हुन त अहिले पनि सत्ता गठबन्धन छ। त्यो निश्चित उद्देश्य र प्रयोजनका लागि गठन भएको छ।

अहिले निर्वाचनको मुखमा आइपुग्दा त्यो गठबन्धनको उद्देश्य र प्रयोजन समाप्त भइसकेको छ। तर, गठबन्धनमा सहभागी दलले उक्त गठबन्धनलाई कायम राख्दै तीनै तहको निर्वाचनमा चुनावी तालमेल गरेर जानुपर्ने बताउन थालेका छन्।

अहिलेको जुन गठबन्धन छ, त्यो नै अप्राकृति र अस्वभाविक गठबन्धन हो। किनकि जुन उद्देश्य प्राप्तिको लागि यो गठबन्धन बनेको थियो त्यो उद्देश्य प्राप्ति भइसकेको छ। उद्देश्य प्राप्त भइसकेपछि पनि परस्पर विपरित विचार र सिद्धान्त भएका दलहरुको गठबन्धन कायम रहिरहनु उचित होइन।

हिजो पानी बाराबारको राजनीति गरेका एकले अर्कालाई निषेधको राजनीति गरिराखेका, राजनीतिक प्रणालीमा नै शतप्रतिशत फरक दृष्टिकोण भएका उग्रबामपन्थी शक्ति, तीनका नेता, कार्यकर्ता र मतदाता तथा पूर्ण प्रजातान्त्रिक शक्ति त्यसका नेता, कार्यकर्ता र मतदाता कसरी एक ठाउँमा मिलाउन सकिन्छ र कसरी एउटै उम्मेद्वारलाई भोट हाल्न लगाउन सकिन्छ?

यसले मुलुकलाई सही दिशातिर लैजाँदैन किनकि मुलुकलाई अगाडि बढाउने विषयमा यस्ता दलहरुको विचार बाँझिन्छ। तैपनि अझैसम्म यो गठबन्धन कायम रहनुको उद्देश्य सत्ता स्वार्थ बाहेक अरु देखिएको छैन। यस्ता गठबन्धनले मुलुकमा अनिष्ट निम्त्याउँछ। त्यसकारण यो गठबन्धन जतिसक्दो चाँडो गठबन्धन विघटन हुन जरुरी छ।

गठबन्धन त्यतिखेर स्वाभाविक हुन्छ, जुन बेला न्यूनतम राजनीतिक सिद्धान्त, विचार मिल्दाजुल्दा राजनीतिक दलका बीचमा हुन्छ। त्यसलाई स्वाभाविक मान्न सकिन्छ। सीमित एक दुईवटा विषयमा मतभिन्नता भए पनि धेरैजसो विचार र सिद्धान्तमा समानता भएका राजनीतिक सक्तिहरुबीच गठबन्धन हुनु जनताका लागि पनि स्वीकार्य हुन्छ। त्यो पनि निश्चित प्रयोजनका लागि मात्रै हुनु उपयुक्त हुन्छ।

तर, दक्षिण फर्किएको शक्ति र उत्तर फर्किएको शक्ति वा छापामार युद्धबाट शान्तिपूर्ण राजनीतिमा भर्खरै आएको उग्रबामपन्थी शक्ति र पुरानतवादी पूर्ण प्रजातान्त्रिक शक्तिबीचको गठबन्धन भनेको अप्राकृतिक नै हो। यसले जनतामा र कार्यकर्तामा भ्रम र नैराश्यता सृजना गर्छ।

हिजो पानी बाराबारको राजनीति गरेका एकले अर्कालाई निषेधको राजनीति गरिराखेका, राजनीतिक प्रणालीमा नै शतप्रतिशत फरक दृष्टिकोण भएका उग्रबामपन्थी शक्ति, तीनका नेता, कार्यकर्ता र मतदाता तथा पूर्ण प्रजातान्त्रिक शक्ति त्यसका नेता, कार्यकर्ता र मतदाता कसरी एक ठाउँमा मिलाउन सकिन्छ र कसरी एउटै उम्मेद्वारलाई भोट हाल्न लगाउन सकिन्छ?

केही वर्षअघिसम्म आफ्नो प्रधान शत्रु भनेर चिनाइएको राजनैतिक शक्तिलाई भोट हाल्न लगाउँदा पार्टीका कार्यकर्ता र मतदाता यसका लागि तयार हुने छैनन् बरु बिच्किनेछन्। यो विल्कुलै सम्भव नहुने विषय हो। एकादुई कार्यकर्ताले भोट हाले पनि सबैले भोट दिने भन्ने हुँदैन।

त्यसैले यो गठबन्धनले धेरै ठूलो मतदातामा प्रभाव पार्न सक्दैन। बरु कार्यकर्ता र मतदाताले विद्रोह गर्न सक्छन् र एउटा दलप्रति आस्था भएका मतदाताले बिच्किएर विपक्षी उम्मेदवारलाई मतदान गरिदिने जोखिम बढ्छ।

यसले दलीय प्रणालीमै ठूलो असर आउन सक्छ। त्यसैले यो गठबन्धन जति सक्यो चाँडो विघटन हुनुपर्छ र आफ्नो दलको नीति सिद्धान्तका आधारमा घोाषणा पत्र जारी गर्नु नेता कार्यकर्ता मतदाता परिचालित गराउनु र आफ्नो दलका उममेद्वार जिताउने काम गर्नु स्वभाविक मानिन्छ। अन्यथा अहिले जुन नेताले चुनावी गठबन्धन भनेर भन्दैछन् त्यो राजनीतिक प्रणालीका लागि र मुलुकका आउने भविष्यका लागि अनिष्ट निम्त्याउने गठबन्त्रधन हुन पुग्छ।

केही वर्षअघिसम्म आफ्नो प्रधान शत्रु भनेर चिनाइएको राजनैतिक शक्तिलाई भोट हाल्न लगाउँदा पार्टीका कार्यकर्ता र मतदाता यसका लागि तयार हुने छैनन् बरु बिच्किनेछन्। यो विल्कुलै सम्भव नहुने विषय हो। एकादुई कार्यकर्ताले भोट हाले पनि सबैले भोट दिने भन्ने हुँदैन।

एउटा के हुन सक्छ भने विचार र सिद्धान्त मिल्ने प्रजातान्त्रिक शक्तिसहितको गठबन्धन र बामपन्थी–बामपन्थी शक्तिबीचको गठबन्धन बनेर चुनावमा गयो भने केही हदसम्म स्वभाविक र प्राकृतिक मान्न सकिने हुन्छ। त्यस्तो अन्य मुलुकमा पनि प्रचलनमा छ।

वामपन्थी नेकपा एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी, साना अन्य कम्युनिष्ट दल मिलेर विचार र सिद्धान्त एकै ठाउँ समेटिन सक्ने मोर्चा बन्यो भने साझा उम्मेद्वार बनाइयो भने कार्यकर्ताले त्यस्ता साझा उम्मेद्वारलाई मतदान गर्न सक्लान्।

त्यस्तै नेपाली कांग्रेसले वृहत्तर प्रजातान्त्रिक मोर्चा वा गठबन्धन बनायो भने विपीका अनुयायीहरुले खोजको प्रजातान्त्रिक दलहरु यसमा अटाउन सक्छन्। तराई मधेसमा खुलेका क्षेत्रीय प्रजातान्त्रिक दलहरु, राप्रपा पनि किन नहोस् यस्ता विचार र सिद्धान्तमा धेरै फरक नराख्ने, विचार मिल्ने प्रजातान्त्रिक शक्तिको वृहतर प्रजातान्त्रिक गठबन्धन बन्न सक्छ र यसमा पनि कार्यकर्ता मतदाताले स्वभाविक ठान्ने र साझा उम्मेदवारलाई लिएर चुनाव प्रचार प्रसार गर्ने र मतदान गर्न सक्ने हुन्छ।

अहिले सत्ता सञ्चालनमा रहेको गठबन्धन भने अप्राकृतिक नै मान्नुपर्छ । यही शैली र सभ्यताको गठबन्धनले चुनाब जिताउन सक्द्यैन । विचार र सिद्धान्तले फरक गठबन्धन अर्थात गैर संवैधानिक गठबन्धन अन्त्य गर्न र चुनावी तालमेलका लागि नयाँ गठबन्धन बनाउन राजनीतिक दलहरु अग्रसर हुन आवश्यक छ।

हिजो तराइ क्षेत्रमा गएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने- ‘कांग्रेस सजिलो भएन भने हामी बामपन्थी मोर्चा बनाउँछौ र एमालेसँगै पनि चुनावी एकता गर्न सक्छौं।’ घनश्याम भुसालहरु जस्ता प्रखर बामपन्थी विचारका वक्ताका अन्तर्वार्ताबाट पनि सायद यही महिनाभित्र केही न केही स्वभाविक अलाइन्स बन्लान कि जस्तो संकेतहरु देखिँदै छन्।

त्यसरी विचार र सिद्धान्त मिल्नेबीच गठबन्धन भयो भने यसलाई स्वभाविक र संवैधानिक मान्न सकिन्छ । र, यसले स्वभाविक अगाडिको राजनीतिक कोर्स लिन सक्छ। यो मुलुकका लागि आवश्यक पनि हो। र, यो पंक्तिकार यही हुनुपर्छ भन्ने मान्यता राख्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *