नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा १०२ वर्षका बृद्धलाई १५ वर्ष जेल सजाय

डिसी नेपाल
४ चैत २०७८ १२:१९
1.4k
Shares

काठमाडौं। तमिलनाडुको तिरुवल्लुरमा नाबालिग किशोरीको यौन शोषण गर्ने वृद्धलाई अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । घटना करिब ४ वर्ष पुरानो हो । अदालतले नाबालिगको यौन शोषण गर्ने १०२ वर्षका दोषी के परशुरामनलाई १५ वर्षको जेल सजाय सुनाएको हो ।

अदालतले आफ्नो आदेशमा दोषीलाई १० वर्षको कठोर कारावास र ५ वर्षको साधारण कारावासको सजाय दिइने बताएको छ । इण्डियन एक्सप्रेसका अनुसार दोषीले २०१८ मा एक नाबालिग किशोरीको यौन शोषण गरेका थिए । तिरुवल्लुरको महिला अदालतले दोषीलाई पीडित किशोरीलाई ४५ हजार रुपैयाँ हर्जाना दिन र ५ हजार रुपैयाँ जरिवाना तिर्न पनि आदेश दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *