उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ।मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनुनपर्ने बताए।
यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पिसिआर परीक्षणको शुल्क रु आठ सय तोेकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment