‘कश्मीर फाइल’का निर्देशक विवेक अग्निहोत्रीलाई वाई श्रेणीको सुरक्षा

डिसी नेपाल
४ चैत २०७८ १४:२३
1.0k
Shares

काठमाडौँ। फिल्म ‘द कश्मीर फाइल्स’का निर्देशक विवेक अग्निहोत्रीलाई भारत सरकारले वाई श्रेणीको सुरक्षा प्रदान गर्ने भएको छ । इन्टेलिजेन्स ब्यूरोको थ्रेट पर्सेप्शन रिपोर्टको आधारमा भारत सरकारले  विवेकलाई यो सुरक्षा दिन लागेको हो। यसको अनुसार अव निर्देशक विवेक भारतको जुनसुकै ठाउँ गए पनि उनको साथमा सीआरपीएफका जवानहरू उपस्थित हुनेछन्।

वाई वर्गको सुरक्षामा जम्मा ८ जना सुरक्षाकर्मी रहेका हुन्छन । यसमा सुरक्षा दिइने भीआईपीको घरमा पाँच जना हतियारधारी स्टेटिक गार्ड राखिने गर्दछ। साथै, तीन सिफ्टमा तीन पीएसओहरूले सुरक्षा प्रदान गर्छन्।

विवेक अग्निहोत्रीले आफ्नो फिल्ममा काश्मिरी पण्डितहरूमाथि हुने अत्याचार र उपत्यकाबाट पलायन भएको कथा देखाएका छन्। अहिले बक्स अफिसमा ‘द कश्मीर फाइल्स’ले आफ्नो छुटै इतिहास रचेको छ। कम बजेटमा बनेको यो फिल्मले ६ दिनमा ८० करोड कमाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *