बिलम्ब नगरी वार्ता गर्न जेलेन्स्कीको आह्वान
किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन्। रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गरेका हुन्।
वार्ता रुसलाई उसको गल्तीका कारण भएको क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताए। ‘यो भेटघाट गर्ने समय हो। यो वार्ताको समय हो। यो क्षेत्रीय अखण्डता पुनस्र्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो ’, उनले भने ‘अन्यथा रुसको घाटा यस्तो हुनेछ जसलाई पुनः प्राप्ति गर्न धेरै पुस्ता चाहिन्छ। ’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment