रुसले हाइपरसोनिक मिसाइल प्रयोग गर्‍यो, युक्रेनको हतियार भण्डार नष्ट

डिसी नेपाल
५ चैत २०७८ १६:१०

काठमाडौं। रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रहेको एक भूमिगत हतियार भण्डारलाई निशाना बनाउनका लागि हाइपरसोनिक मिसाइलको प्रयोग गरेको बताएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार यो आक्रमणमा रुसको इभानो फ्रेंकिभ्स्क क्षेत्रमा रहेको हतियारको भण्डार नष्ट भएको छ ।

रुसले युद्धको क्रममा हाइपरसोनिक मिसाइल प्रयोग गरेको कुरा स्वीकार गरेको यो पहिलो पटक भएको मानिएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार युक्रेनका जुन सैन्य केन्द्रहरुमा आक्रमण गरिएको छ त्यहाँ युक्रेनी सेनाका मिसाइल र हवाइ हतियार राखिएका थिए ।

हाइपरसोनिक मिसाइल अति उन्नत मिसाइल हुन्छन् जो माथिल्लो वातावरणमा यात्रा गर्छन् । यस किसिमका क्रुज मिसाइल आवाजभन्दा ५ गुणा छिटो यात्रा गर्छन् । रुसका अनुसार युक्रेनविरुद्ध जुन किंजहाल मिसाइलको प्रयोग गरिएको छ यी मिसाइलले २ हजार किलोमिटर टाढा आफ्नो निशानालाई ध्वस्त पार्न सक्छन् । रुसले यी मिसाइलले सबै किसिमका हवाइ र मिसाइल डिफेन्स सिस्टमलाई छल्न सक्ने दावी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *