दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि कर्फ्यू

डिसी नेपाल
६ चैत २०७८ ६:३८
248
Shares

किभ। दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ। गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन्। गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्यांक, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गर्न गरिरहेका बेला रुसी सेनाले तीव्र हमला गरिरहेको छ। २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् भने २५ लाख विस्थापित भएका छन्।

यसैबीच, रुसी सेना युक्रेनको हमलामा परेको मारिओपोलमा ८० प्रतिशत संरचना ध्वस्त भएका छन्। सो सहरमा अहिले पनि लडाइँ भइरहेको छ। सहरमा युद्धको असर नदेखिने एउटा पनि ठाउँ नरहेको सो सहरका मेयरले बताएको बीबीसीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *