युक्रेन युद्धमा अहिलेसम्म ८४७ सर्वसाधारण मारिए
जुरिच। युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण मारिएका छन्। राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ।
अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू, मिसाइल र हवाई हमलाहरूबाट भएको जनाइएको छ। देशमा ठूलो अनुगमन टोली भएको ओएचसीएचआरले युद्ध प्रभावित केही सहरहरूबाट हताहतको रिपोर्टहरू प्रमाणित गर्न बाँकी रहेको वास्तविक मृतकको संख्या यो भन्दा धेरै हुने जनाएको छ।
रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । युद्धका कारण २५ लाख भन्दाबढी मानिस युक्रेन छाडेर छिमेकी देशहरुमा शरण लिइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment