‘युक्रेनलाई शान्तिवार्तामा अगाडि बढ्नबाट अमेरिकाले रोकिरहेको छ’

डिसी नेपाल
६ चैत २०७८ १०:१४
780
Shares

काठमाडौं। रुसका विदेशमन्त्री सर्गेइ लावरोभले युक्रेन र रुसबीचको शान्ति वार्तामा अमेरिकाले युक्रेनलाई अगाडि बढ्नबाट रोकिरहेको बताएका छन् । उनले अमेरिकामाथि युक्रेनलाई रुसका मागहरु मान्नबाट रोकिरहेको आरोप लगाए ।

रुसको इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार लावरोभले भने ‘हामीलाई लगातार यस्तो महसुस भइरहेको छ कि युक्रेनको प्रतिनिधिमण्डलको हात समातिएको छ । धेरै सम्भव छ कि अमेरिकाले यस्तो गरिरहेको छ । उनीहरुले युक्रेनलाई हाम्रा ती मागहरु पनि मान्न दिइरहेका छैनन् जो मलाई लाग्छ न्यूनतम हुन् ।’

यद्यपि लावरोधले अमेरिकाले युक्रेनको स्थितिलाई प्रभावित गरिरहेको पुष्टि हुने कुनै प्रमाण भने दिएनन् । अर्कोतर्फ अमेरिका र युक्रेनले पनि यस्तो संकेत दिएका छैनन् । पछिल्लो भिडियो बयानमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनसँग नतिजा आउने गरी शान्ति वार्ता गर्नुपर्ने बताएका छन् । पुटिनसँग सीधा वार्ताको माग गर्दै जेलेन्स्कीले भने ‘भेट्ने समय आयो, कुरा गर्ने समय आयो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *