मानिसझैँ हात्ती पनि समूहमाभन्दा एक्लै चिन्तित हुन्छन्
म्यानमार। मानिसको भावना उसको सामाजिक बन्धनबाट धेरै प्रभावित हुन सक्छ। उनीहरुको सामाजिक व्यवहारमा तनाव, चिन्ता, र त्रास धेरै हदसम्म जिम्मेवार हुन्छ । हात्तीमा पनि यस्तो नियम लागू हुन्छ। नयाँ अध्ययनले दावी गरेको छ कि हात्तीहरू समूहमाभन्दा एक्लै हुँदा तनाव र चिन्तित हुन्छन्।
एक्लोपनले भाले हात्तीको तनावको स्तर बढाएको छ, जबकि पोथी हात्ती बच्चा जन्माउँदा कम तनावमा देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन्। टर्कु विश्वविद्यालयले गरेको अध्ययनले म्यानमारमा एसियाली हात्तीको दिसाको विश्लेषण गरेर तनावको हर्मोनको तहलाई तुलना गरी सो निष्कर्ष निकालेको हो। अनुसन्धान टोलीले काठ उद्योगमा काम गरिरहेका म्यानमारका ९५ एसियाली हात्तीको अध्ययन गरेको थियो।
अन्वेषकहरूका अनुसार भाले हात्तीको तुलनामा पोथी हात्ती अझै पनि बलियो सामाजिक बन्धनबिना अन्य हात्तीसँग अन्तरक्रिया गर्न सक्षम हुन सक्छन् । तसर्थ, ती बन्धनको अभावलाई तनावको रुपमा बुझ्न सकिदैन।
‘हामीले पत्ता लगाएका छौं कि पुरुष हात्तीहरूले कुनै साथी नभएको बेला र पोथीहरुभन्दा पनि धेरै भाले भएको सामाजिक समूहमा हुँदा उनीहरूले उच्च तनाव देखाउँछन्’ अध्ययन टोलीका मार्टिन सेल्टम्यान र प्राध्यापक भिरपी लुम्मा भन्छन्।
‘सामाजिक समूहमा बच्चाहरु हुँदा पोथी हात्तीले न्यून तहको तनाव देखाउँछन्। सामाजिक समूहको आकार पुरुष वा महिलाहरूमा तनाव हार्मोनको स्तरसँग सम्बन्धित छैन,’ उनीहरुले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment