माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै

डिसी नेपाल
६ चैत २०७८ १२:१७
144
Shares

सुर्खेत। माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितकाे समूह एमालेमा समाहित हुने भएको छ। विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत आइपुगेका छन्।

सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ।

विष्टसँगै माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ । विष्ट एमाले प्रवेश गरेलगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको छ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिशामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गरिनुलगायतको कारण आफूले पार्टी छाडेको विष्टले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *