साउदीमा ४ छुट्टाछुट्टै आक्रमण, तेल कम्पनी अरामको पनि निशानामा
काठमाडौं। साउदी अरेबियामा शनिबार हुती विद्रोहीहरुले कैयौं आक्रमण गरेका छन् । यी आक्रमणमध्ये एकमा त्यहाँको तेल कम्पनी अरामकोको इकाइ पनि निशाना बनेको छ । समाचार एजेन्सी एएफपीका अनुसार यमनमा विद्रोहीसँग लडिरहेको साउदी नेतृत्वको गठबन्धनले एक वक्तव्य जारी गरेर यो आक्रमणको जानकारी दिएको हो ।
यो आक्रमणमा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । साउदी प्रेस एजेन्सीले गठबन्धनलाई उद्धृत गर्दै बताएअनुसार विद्रोहीहरुले ४ ड्रोन आक्रमण गरेका छन् । यो क्षेत्रमा हुती विद्रोहीहरुले लगातार ड्रोन र मिसाइल आक्रमण गरिरहन्छन् । अरामकोको इकाइका साथै विद्रोहीहरुले अल शकीकमा डिसेलिनेसन प्लान्ट, अल जनाबमा पावर स्टेशनमा पनि आक्रमण गरेका छन् ।
एसपीएले केही फोटो र भिडियो पोस्ट गरेको छ जहाँ दमकलकर्मी आगो निभाइरहेका देखिएका छन् । चौथो निशाना खमीस मुसैतको ग्यास स्टेशन थियो । यी ड्रोनलाई इन्टरसेप्टर गरेर आक्रमणपछि यमननजिकै खसाइएको थियो ।
यसअघि साउदीको राजधानी रियादमा एक रिफाइनरीमा पनि १० मार्चमा हुती विद्रोहीहरुले ड्रोनमार्फत आक्रमण गरेका थिए । यसै हप्ता नै हुती विद्रोहीहरुले ६ खाडी देशहरुको तर्फबाट यमन संकट समाधानको लागि पेश गरिएको वार्ताको प्रस्ताव अस्वीकार गरेका थिए ।







डिसी नेपाल







Facebook Comment