युक्रेनको केमिकल प्लान्टबाट अमोनिया लिक, जनतालाई ठाउँ छोड्न चेतावनी
काठमाडौं। युक्रेनको उत्तर पूर्वी सहर सुमीमा एक रसाउन संयन्त्रबाट अमोनिया ग्यास लिक भएको छ । सुमीका गभर्नर दिमित्रो जिभेत्स्कीले यो जानकारी दिएका हुन् । जिभेत्स्कीले सुमीखिंप्रोम संयन्त्रको ५ किलोमिटर दायरामा रहने स्थानीयलाई यो ग्यास निकै खतरनाक भएकोले यो क्षेत्र छोड्न चेतावनी दिएका छन् ।
उनले यो ग्यास कसरी लिक भयो भन्ने प्रस्ट पारेका छैनन् । जिभेत्स्कीले टेलिग्राममार्फत ग्यास स्थानीय समयअनुसार बिहान साढे ४ बजे लिक भएको बताएका छन् । युक्रेनमा अहिले रुसको आक्रमण जारी रहेका बेला यो ग्यास लिकले निकै ठूलो संकट निम्त्याएको छ । केमिकल प्लान्टको ५ किलोमिटर दायरामा रहेका मानिसहरु अब यो खतरनाक ग्यासबाट बच्न शेल्टरबाट निस्किन बाध्य भएका छन् । यसरी निस्किँदा उनीहरु रुसको आक्रमणमा मारिने त्रास छ ।







डिसी नेपाल







Facebook Comment