१३२ यात्री बोकेर उडेको चाइना इस्टर्नको विमान पहाडमा दुर्घटना

डिसी नेपाल
७ चैत २०७८ १४:४१
1.2k
Shares

काठमाडौं। चीनमा सोमबार ठूलो विमान दुर्घटना भएको छ । १३२ जना यात्रुहरुलाई लिएर गइरहेको चाइना इस्टर्न प्यासेन्जर जेट विमान ग्यांगशीमा दुर्घटना भएको छ । जुन पहाडमा यो विमान दुर्घटना भएको छ त्यहााका केही तस्वीर सार्वजनिक भएका छन् । पहाडबाट धुवाँ उडिरहेको देखिएको छ । यो दुर्घटनामा कति यात्री मारिए भन्ने स्पष्ट छैन ।

दुर्घटनास्थलका तस्वीर हेरेर ठूलो संख्यामा यात्रीहरुको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । रिपोटृका अनुसार यात्रीहरुलाई लिएर गइरहेको यो विमान बोइङ ७३७ मोडलको हो । यो मोडलका विमान पहिले पनि कैयौं पटक दुर्घटना भइसकेका छन् ।

२०२१ मा विश्वभरमा एयरलाइन्सका १५ प्राणघातक दुर्घटना भएका थिए । जसमा कूल १३४ जनाको मृत्यु भएको थियो । १२ महिनाभित्र सबैभन्दा ठूलो दुर्घटना इण्डोनेसियाको श्रीविजय एयरको बोइङ ७३७–५०० विमानको थियो । यो इण्डोनेसियाको समुद्रमा दुर्घटना भएको थियो । जनवरी २०२१ मा भएको यो दुर्घटनामा विमानमा भएका सबै ६१ जनाको मृत्यु भएको थियो ।

*चीनको सरकारी मिडियाले सुरुमा १३३ जना लेखेको र पछि सच्याएकोले सोही आधारमा सच्याइएको




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *