कतार एयरवेजको दोहा जाँदै गरेको विमानमा धुवाँ निस्कियो, कराचीमा आपतकालीन अवतरण
काठमाडौं। कतार एयरवेजको दिल्लीबाट दोहा जाँदै गरेको यात्रुवाहक विमान विमान आपतकालीन परिस्थितिमा पाकिस्तानको कराचीमा अवतरण गरिएको छ । समाचार एजेन्सी पीटीआइले कतार एयरवेजको हवाला दिँदै सोमबार यो घटना भएको बताएको छ । एयरलाइन्स कम्पनीले दिएको जानकारी अनुसार विमानको कार्गो सामान राख्ने भागबाट धुवाँ निस्किएको संकेत पाइएको थियो ।
विमानमा गडबडी भएको संकेत देखिएपछि आपतकालीन स्थितिको घोषणा गरियो र विमानलाई बीच बाटोबाटै कराचीमा अवतरण गरियो । कतार एयरवेजले एक बयानमाबताएअनुसार विमान कराचीमा सुरक्षित अवतरण भयो र आकस्मिक सेवाहरुलाई घटनास्थलमा परिचालन गरियो । त्यसपछि यात्रुहरुलाई विमानबाट ओरालियो । यो घटनाको जाँच भइरहेको र यात्रुहरुलाई दोहा पुग्नको लागि अर्को विमानको व्यवस्था गरिएको बताइएको छ । कम्पनीले यात्रुलाई भएको असुविधाको लागि माफी मागेको छ ।







डिसी नेपाल







Facebook Comment