किभको सपिङ मलमा बिस्फोट, ८ जनाको मृत्यु

डिसी नेपाल
८ चैत २०७८ ६:३२
52
Shares

किभ। रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। बिस्फोटमा केही घाइते भएका छन्। रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले बिस्फोट गराएका हुन् । बिस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो।

बिस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो। आगो निभाउन ६३ अग्नि नियन्त्रकहरु परिचालन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ। पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ ।

रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *