पूर्वजनमुक्ति सेनाका सेक्सन कमाण्डरलाई वीर अस्पतालमा भेटे प्रचण्डले, उपचारमा सहयाेग गर्ने प्रतिवद्धता

डिसी नेपाल
८ चैत २०७८ १०:००
768
Shares

काठमाडाैं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचारत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डरलाई भेटेका छन्। प्रचण्डले काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन्।

मकवानपुरको झुरझुरेमा घाइते भएका राना शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रही काम गर्दै आएका थिए। टाउकोमा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसकारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

अहिले उनको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकको सहयोगले रानाकाे उपचार भइरहेको छ। कमरेडले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने बताए । सात वर्षका बालकको पढाई र रानाकी श्रीमतीकाे रोजगारीको लागि पहल गर्ने प्रचण्डले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *