रुसको विषयमा भारतले आफ्नो साथ नदिएपछि बाइडेनले के भने ?

डिसी नेपाल
८ चैत २०७८ ११:५८
1.7k
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको आक्रमणको विषयमा ‘अस्थिर’ प्रतिक्रिया दिने भारत अमेरिकाका सहयोगी देशहरुको बीचमा एक अपवाद भएको बताएका छन् । एएफपीको रिपोर्टअनुसार सोमबार जो बाइडेनले युक्रेनमा रुसी आक्रमणका विषयमा भारतले अस्थिर प्रतिक्रिया दिएको र यस्तो गर्ने ऊ अमेरिकाका सहयोगी देशहरुको बीचमा एक अलग देश भएको बताएका छन् ।

बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध संयुक्त मोर्चाको लागि नेटो, युरोपेली संघ र प्रमुख एसियाली साझेदारसहित अमेरिकी नेतृत्वको गठबन्धनको प्रशंशा गरे । युक्रेनमा रुसी आक्रमणका कारण पश्चिमी देशहरुले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । आउने दिनमा यो प्रतिबन्ध अझै कडा हुने मानिएको छ ।

क्वाड समूहका साझेदार सददस्यहरु अस्ट्रेलिया, जापान र अमेरिकाको विपरित भारतले रुसबाट तेल किन्न जारी राखेको छ । यसका अलावा भारतले संयुक्त राष्ट्रसंघमा रुसको निन्दा गर्ने प्रस्तावको पक्षमा मतदान पनि गरेन । वाशिङटनमा भारतीय व्यापार क्षेत्रका प्रतिनिधिहरुसँग कुरा गर्दै बाइडेनले क्वाड देशहरुमध्ये भारतको प्रतिक्रिया केही हदसम्म अस्थिर भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *