रुसले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरेको छः बाइडेन

डिसी नेपाल
८ चैत २०७८ १५:४१
68
Shares

न्युयोर्क। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन्। यसले युक्रेनमा ‘युद्ध अपराध’ का प्रमाणहरू संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्दा आक्रमण गरेको आरोप लगाएको छ।

रुसी सेनाले युक्रेनमा रणनीतिक महत्वका क्षेत्रमा निशाना बनाइरहेका बेला राष्ट्रपति बाइडेनको सो भनाई आएको हो। यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि पुनः आह्वान गरेका छन् । उनले नेटोमा किभको सदस्यता बन्ने योजना त्याग्न तयार रहेको बताएका छन्।

उता, राजधानी किभमा बुधबार बिहानसम्मका लागि पुनः कर्फ्यू घोषणा गरिएको छ। राजधानीमा रुसी सेनाले अझै बढी गोलाबारी गर्न सक्ने मेयरले चेतावनी दिएपछि कर्फ्यू घोषणा गरिएको हो।

बाइडेनका पछिल्ला टिप्पणीहरुलाई लिएर रुसले अमेरिकी दूतलाई बोलाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *