गठबन्धनले कांग्रेसलाई नै नोक्सानी

जगदीश दाहाल
९ चैत २०७८ ७:०६

बैशाख ३० मा स्थानीय तह निर्वाचनको मिति तोकिएसँगै राजनीतिक दल यतिबेला चुनाव रुपी महाकुम्भमा होमिएका छन्। अधिकांश राजनीतिक दल जनताको घर दैलोमा पुगेका छन्। पाँच वर्षमा एक पटक नै सही जनताको घरमा पुगेर जनतालाई नमस्कार गर्ने आवधिक निर्वाचनको सुन्दर पक्ष हो। आफू निर्वाचित भएपछि जनताकहाँ फर्किएर नगएको आरोप राजनीतिक दलका नेता र जनप्रतिनिधिले खेप्दै आएको विषय हो। उक्त आरोपमा सत्यता नभएको भने होइन।

निर्वाचनमा घोषणापत्र दिएर जनताकहाँ जाँदा गरिएका प्रतिवद्धतालाई आफू निर्वाचित भएर आइसकेपछि तिलाञ्जली दिने नेपालका राजनीतिक दलको पुरानै बानी हो। अहिले त राजनीतिलाई कमाइ खाने भाँडो बनाएका दलहरु चुनाव जित्न करोडौं खर्च गर्नुपर्ने बाध्यतामा छन्। किनभने हामीले अपनाएको चुनाव प्रणाली नै खर्चिलो छ।

चुनावमा भएको खर्च निर्वाचित भएपछि उठाउँदा भ्रष्टाचार बढ्ने र सुशासन कमजोर भइरहेको विभिन्न प्रतिवेदनले पनि देखाएका छन्। भ्रष्टाचार निवारण गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विगत केही वर्षमा सबै भन्दा भ्रष्टाचार भएका उजुरी स्थानीय तहबाट आउने गरेका छन्।

आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएपनि पछिल्लो समय जसरी पनि चुनाव जित्ने होड नेपालमा चल्न थालेका छ। त्यसका लागि विचार, सिद्धान्त र आदर्श नमिल्ने राजनीतिक दलबीच समेत चुनावी तालमेल हुन थालेको छ। यस्तो गठबन्धन देश र जनताको हितमा भन्दा पनि जसरी पनि सत्तामा पुग्ने मनसायले प्रेरित देखिन्छ।

केही समय पहिला छिमेकी मुलुक भारतका विभिन्न राज्यमा भएको विधान सभा चुनावको नतिजाले राजधानी नयाँ दिल्लीमा विगत दुई कार्यकालदेखि सत्ता सञ्चालन गरिरहेको आम आद्मी पार्टीले अर्को राज्य पंजावमा पनि एकल बहुमत ल्याएर सरकार गठन गरेको छ। जनता समक्ष गरेको प्रतिवद्धता पूरा गरेकै कारण आज भारतमा आम आदमी पार्टी (आप) वैकल्पिक शक्तिको रुपमा उदाउँदो छ। स्थानीय तह निर्वाचनको मुखमा नेपालका राजनीतिक दलले पनि छिमेकी मुलुल भारतको (आप) बाट शिक्षा लिन सक्नुपर्छ।

अहिलेको स्थानीय तह निर्वाचन संवैधानिक व्यवस्था, कानुनी प्रणाली र ऐन कानुनले तोकिए अनुसार निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बाध्यता छ। विगतमा विभिन्न चरणका आन्दोलनमा राजनीतिक दल र तिनका नेता कार्यकर्ताले जनतासामु व्यक्त गरेका प्रतिवद्धता, विशेष गरी नेताले गाउँ गाउँमा सिंहदरबारको अधिकार पुर्‍याउने भनेर गरेका प्रतिबद्धताको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले जनतालाई महशुस गराउनुपर्छ।

गाउँ गाउँमा सिंहदरबार पुर्‍याउन संविधानमा व्यवस्था छ। त्यसरी संविधान र कानुनमा भएको व्यवस्था कार्यान्वयन गर्ने पात्र पनि उपयुक्त चाहिन्छ। ती पात्र भनेको जनताले निर्वाचित गर्ने स्थानीय तहको पदाधिकारी, नेता, महानगरपालिका प्रमुख, उपप्रमुखहरु यिनैले सिंहदबारको अधिकार गाउँ गाउँमा भन्ने सार्थकता महशुस गराउने हो। तर विगतको स्थानीय तहको एक कार्यकालले त्यस्तो महशुस गराउन सकेन। चुनावी तालमेल र गठबन्धन त्यसको एउटा मुख्य कारण हो।

अहिले सरकारको स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको माग गरेको छ। विभिन्न जिल्लामा म्यादी प्रहरी बन्न स्नातकोत्तर गरेका युवा लाइनमा बसेका तस्वीर संचारमाध्यममा प्रकाशित भएका छन्। तर जनप्रतिनिधि बन्न भने एसएसी फेल भएका मानिस लागि परेका देखिन्छन्। आज शिक्षित, भिजन भएका र दूरदर्शी युवा आज राजनीतिप्रति वितिष्णा भएर विदेश पलाएन भएका छन्।

अहिले सरकारको स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको माग गरेको छ। विभिन्न जिल्लामा म्यादी प्रहरी बन्न स्नातकोत्तर गरेका युवा लाइनमा बसेका तस्वीर संचारमाध्यममा प्रकाशित भएका छन्। तर जनप्रतिनिधि बन्न भने एसएसी फेल भएका मानिस लागि परेका देखिन्छन्। आज शिक्षित, भिजन भएका र दूरदर्शी युवा आज राजनीतिप्रति वितिष्णा भएर विदेश पलाएन भएका छन्।

राजनीतिक दलले त्यस्ता युवा नेतालाई राजनीतिक दलले प्रोत्साहन गर्नसक्नुपर्छ। अझ कांग्रेसजस्तो प्रजातान्त्रिक दलका सभापति, उपसभापति, महामन्त्री वा पदाधिकारीले निष्पक्ष ढंगले आम कार्यकर्ताले निष्पक्षता महशुस गर्ने गरी उम्मेदवार छनोट गर्नुपर्छ। तल्लो तहदेखि माथिल्लो तहसम्म उम्मेद्वार छनौट समिति बनाउने र उम्मेद्वार छनौट प्रक्रिया निर्धारण गर्नुपर्छ।

उम्मेदवार सकभर पढेलेखेका, भिजन भएका, राजनीतिमा लगाव राख्ने, समाजसेवामा समर्पित व्यक्तित्वहरु महिला, जनजाति, आर्य, खस मधेसी, मुस्लिमलगायत सबै जाजजाति, भाषाभाषी र समुदायको प्रतिनिधित्व हुने गरी छानिनुपर्छ।

नेपाली कांग्रेसले प्रजातान्त्रिक प्रणाली र प्रक्रियाअनुसार सबैका लागि सधैंका लागि समाज, जातजाति, वर्गको हित हुने गरी बिना पूर्वाग्रह कुनै रिसराग द्वेष नराखी सबै समेटिन सक्ने गरी उम्मेद्वार छनौट गर्नुपर्छ। अझ त्यसमा पनि आफ्नो प्रतिनिधि को हुने भन्ने कुरा पनि स्थानीय तहका कार्यकर्तालाई नै छान्न दिनुपर्छ।

तिनले संचालन गर्ने स्थानीय तहले संविधानको मर्म, भावना अनुरुप कानुनले दिएको अधिकार प्रयोग गरेर सिंहदरबारको अधिकार स्थानीय तहमा पुगेको आम जनतालाई महशुस गराउनुपर्छ। यो काम नेपाली कांग्रेसले मात्रै गर्न सक्छ। किनभने नेपाली कांग्रेसमा प्रजातान्त्रिक चरित्र र संस्कार छ।

कांग्रेस हार्ने भन्दा पनि कांग्रेसले उठाएका व्यक्ति पराजित भएका छन्। समानुपातिका कांग्रेसको मत घट्ने भन्दा पनि बढिरहेको छ भने प्रत्यक्षमा कांग्रेस किन हार्‍याे ? यो महत्वपूर्ण विषयलाई मध्यजनर गर्दै नेतृत्वले पार्टीलाई एक जुट बनाएर लैजान सक्नु भयो भने तीनै तहको निर्वाचनमा कांग्रेस ठूलो पार्टी मात्रै होइन एकछत्र सरकार गठन गर्न समक्ष हुनेछ।

विकेन्द्रीकरणको सिद्धान्त अनुरुप कांग्रेस चल्न जान्दछ। जसले प्रारम्भदेखि नै ब्यालेटमा विश्वास राख्यो, जसले जनताको मतदानद्वारा निर्वाचित शासन भनेर लड्यो, त्यो राजनीतिक शक्ति भनेको नेपाली कांग्रेस मात्रै हो। अब कांग्रेसले हाम्रोलाई भन्दा राम्रोलाई र चुनाव जित्ने योग्य व्यक्तिलाई टिकट दिएर स्थानीय तहदेखि प्रादेशिक र संघीय निर्वाचनमा सकेसम्म बहुमत ल्याउने कोसिस गर्नुपर्छ।

त्यसका लागि अन्य दलसँग तालमेल भन्दा पनि पार्टीभित्र कांग्रेसलाई एक बनाउन सक्नुपर्छ। त्यसका लागि सभापतिले भूमिका निर्वाह गर्नुपर्छ। यसअघिका निर्वाचनमा पनि कांग्रेस हार्ने भन्दा पनि कांग्रेसले उठाएका व्यक्ति पराजित भएका छन्।

समानुपातिका कांग्रेसको मत घट्ने भन्दा पनि बढिरहेको छ भने प्रत्यक्षमा कांग्रेस किन हार्‍याे ? यो महत्वपूर्ण विषयलाई मध्यजनर गर्दै नेतृत्वले पार्टीलाई एक जुट बनाएर लैजान सक्नु भयो भने तीनै तहको निर्वाचनमा कांग्रेस ठूलो पार्टी मात्रै होइन एकछत्र सरकार गठन गर्न समक्ष हुनेछ।

अन्य राजनीतिक शक्ति ती सबै नेपाली कांग्रेसको राजनीतिक कपी गरेर पछि आएका शक्ति हुन्। यो कुरा नेपाली कांग्रेसले बुझ्नुपर्छ। आम कार्यकर्तालाई र जनतालाई यो विषय कांग्रेसले बुझाउन सक्नुपर्छ। नेपाली कांग्रेसका सभापतिले सधैं मै शक्तिमा रहनुपर्छ र मै रहन्छु भन्ने मानकिसकता त्याग्नुपर्छ।

अरु जो कोही नेता वा पदाधिकारीले पनि एउटा मानिसकता के मात्रै राख्नुपर्छ भने नेपाली कांग्रेसको संस्कार, शैली, चिन्तन, विचार, सिद्धान्त, जनताप्रतिको भावना र आत्मियता र प्रजातान्त्रिक पद्धति तथा राष्ट्रप्रेम बोकेको जो कोही व्यक्ति पनि भोलि नेपाली कांग्रेसको सभापति हुन सक्छ। हाम्रो राजनीतिक प्रणाली र सिद्धान्त यिनै हुन् भने आफूलाई आफ्नो पदबाट विस्थापित गर्लान् कि भनेर किन डराउने? त्यो मानसिकताबाट नेतृत्व मुक्त हुनुपर्छ।

नेपाली कांग्रेसले आउने स्थानीय तहको निर्वाचनमा, प्रदेशस्तरको निर्वाचनमा, संघीय तहको निर्वाचनमा आफ्नो शक्ति र आफूप्रतिको जनताको समर्थनको मूल्याकंन गर्दै कसैसँग चुनावी तालमेल र गठबन्धन नगरी एक्लै कांग्रेस जनता समक्ष जानुपर्छ ।

जनतामा गएर आफ्नो विचार, सिद्धान्त र आफ्नो घोषणापत्र जनता समक्ष लैजानुपर्छ । राजनीतिक प्रतिवद्धताका आधारमा हामीलाई जनताले निर्वाचित गर्छन् भन्ने विश्वासका साथ कांग्रेस अगाडि बढ्नुपर्छ । कांग्रेस दूरदर्शी बन्नुपर्छ, कांग्रेस बाटो भुलेको बटुवा जस्तो हुने, यता जाउँ कि उता जाउँ भनेर बीचमा अलमलिने, जसको पायो उसको फेर समाउने, यस्तो प्रवृत्ति र व्यवहार कांग्रेसले राख्ने हो भने कांग्रेस खोज्नुपर्ने हुन पनि सक्छ। त्यस कारण कांग्रेसले समयमै विचार पुर्‍याउनुपर्छ।

अहिले चुनाव जित्न योग्य, सक्षम र दूरदर्शी उम्मेद्वारसँगै पार्टीको घोषणापत्र पनि परिमार्जित गर्न आवश्यक छ। किनभने नेपालमा राजनीतिक परिवर्तन भइसकेका छन्। अब जनताले अपेक्षा गरेको भनेको आर्थिक क्रान्ति हो।

स्वदेशमा रोजगारी हो, महंगी नियन्त्रण, राम्रो र गुणस्तीय शिक्षा, स्वास्थ्यलगायत जनजिविकाका क्षेत्रमा लोकप्रिय कार्यक्रम लिएर जनतामा जानुपर्छ, अब पार्टी हेरेर भन्दा पनि उसका नीति तथा कार्यक्रम हेरेर जनताले दललाई मत दिने गर्छन्, त्यसतर्फ नेतृत्वले बेलैमा विचार पुर्‍याउनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *