इजरायलको सपिङ मलमा हमला, ४ जनाको मृत्यु

डिसी नेपाल
९ चैत २०७८ १०:१४
348
Shares

जेरुसेलम। दक्षिणी इजरायली सहर बेरसेवामा भएको हमलामा कम्तिमा चार जनाको मृत्यु भएको छ। हमलामा अन्य केही घाइते भएका छन्। तीन जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो।

प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ। आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको प्राप्त विवरणहरुमा जनाइएको छ। इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ।

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस) लाई समर्थन गरेको आरोपमा उनी जेल परेका थिए। प्रहरीले आक्रमणकारीको नाम मुहम्मद गालेब अहमद अबु अल्किनी रहेको र बेरशेबाबाट झन्डै १२ माइल पूर्वमा रहेको हुराको बेइुइन सहरको शिक्षक रहेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *