एमाले केन्द्रीय कमिटीको बैठक सुरु
काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो। स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।
बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन्। उनले आगामी निर्वाचनमा पार्टीलाई कसरी देशभर विजयी गराउने भन्ने विषयमा नेताहरूलाई निर्देशन दिएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment