लालु यादवलाई अस्पतालले डिस्चार्ज गरेपछि बबाल
काठमाडौं। बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालु प्रसाद यादवलाई अस्पतालले डिस्चार्ज गरेपछि बबाल भएको छ । राष्ट्रिय जनता दलले केन्द्रको नरेन्द्र मोदी सरकार र बिहारको नितिश कुमार सरकारमाथि लालुको हत्या गर्न चाहेको लगायत गम्भीर आरोप लगाएको छ ।
राष्ट्रिय जनता दलका मुख्य प्रवक्ता भाइ वीरेन्द्रले भनेका छन् ‘रिम्स राँचीको मेडिकल कलेज बोर्डले लालु प्रसादको मृगौलाको स्थिति धेरै गम्भीर बताएर दिल्लीको एम्समा उपचारको लागि रिफर गरेको थियो । तर एम्सले उनलाई डिस्चार्ज गरेर राँची फिर्ता पठायो ।’ उनले सामाजिक न्यायका नेता लालु प्रसादको हत्याको षड्यन्त्र केन्द्र र बिहार सरकारले मिलेर बनाइरहेको आरोप लगाए ।
विवाद बढेपछि अखिल भारतीय आयुर्विज्ञान प्रतिष्ठान (एम्स) ले लालु यादवलाई फेरि भर्ना गरेको छ । अहिले उनलाई आकस्मिक वार्डमा राखिएको छ । उनको मृगौला र अन्य जरुरी जाँच गरिएको छ । जाँचपछि रिपोर्टको प्रतिक्षा भइरहेको छ । रिपोर्ट आएपछि उनलाई एम्समै राखिराख्ने वा पठाउने भन्ने निर्णय गरिनेछ ।







डिसी नेपाल







Facebook Comment