पाकिस्तानी प्रधानमन्त्रीको जनतासँग अपिल, राजीनामा दिन अस्वीकार

डिसी नेपाल
१० चैत २०७८ १४:०८

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूरै देशसँग आइतबार इस्लामाबादमा हुने सभामा अपिल हुन र देशलाई आफू किनबेचको विरुद्धमा रहेको सन्देश दिन अपिल गरेका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै इमरान खानले एक खास समूहले विगत ३० वर्षदेखि यो देशलाई लुटिरहेको र अहिले त्यो समूहले त्यसरी लुटेको पैसाको प्रयोग जनप्रतिनिधिहरुको विवेक किन्नको लागि गरिरहेको आरोप लगाए ।

इमरान खानले कुरानको समेत हवाला दिँदै कुरानमा अल्लाहको आदेश पनि सत्यको साथमा उभिनुपर्ने र खराबीको विरुद्ध उभिनुपर्ने भएको बताए । उनले जनतासँग अपिल गर्दै देशका सांसदहरुको विवेक किन्न खोजेकाहरुलाई आफू यसको विरुद्धमा भएको र कुनै किनबेचले देशको लोकतन्त्रलाई नोक्सानी गर्न नसक्ने स्पष्ट सन्देश दिनुपर्ने बताए । बुधबार पनि इमरान खानले विपक्षीको अविश्वासको प्रस्ताव विफल हुने बताइसकेका छन् । उनले सेनासँग आफ्नो राम्रो सम्बन्ध भएको र आफूले राजीनामा नदिने पनि स्पष्ट पारेका छन् ।

पाकिस्तानका विपक्षी पार्टीहरुले ८ मार्चमा अविश्वासको प्रस्ताव पेश गरेका थिए । उनहिरुले प्रधानमन्त्री इमरान खानमाथि कुप्रबन्धन र अर्थव्यवस्था खराब बनाएको आरोप लगाएका थिए । पाकिस्तानको नेशनल असेम्बलीको बैठक भोलि २५ मार्चमा हुँदैछ । तर, इमरान खानले कुनै पनि परिस्थितिमा राजीनामा नदिने बताइसकेका छन् ।

उनले सेनासँग आफ्नो राम्रो सम्बन्ध भएको स्पष्ट पार्दै मौजुदा राजनीतिक परिस्थितिमा सेनाको गलत तरिकाले आलोचना गरिएको बताएका छन् । पाकिस्तानको ३४२ सदस्यीय संसदमा अविश्वास प्रस्ताव पारित गर्नको लागि विपक्षीलाई १७२ सांसदको समर्थन चाहिन्छ । सत्ताधारी तहरिक ए इंसाफ पार्टीले विपक्षीमाथि प्रधानमन्त्रीको विरुद्ध मतदान गर्न आफ्ना सांसदहरुलाई घुस दिएको आरोप लगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *