उत्तर कोरियाले प्रतिबन्धित ब्यालेस्टिक मिसाइलको परीक्षण गर्‍यो

डिसी नेपाल
१० चैत २०७८ १५:१८

काठमाडौं। उत्तर कोरियाले २०१७ पछि पहिलो पटक प्रतिबन्धित इन्टरकन्टिनेन्टल मिसाइल (आइसीबीएम) को परीक्षण गरेको दक्षिण कोरियाले बताएको छ । यो मिसाइल जापानको दक्षिणमा उसको जलक्षेत्रमा खसेको छ । यो मिसाइल एक घण्टा लामो उडानपछि समुद्रमा खसेको हो ।

जापानी अधिकारीहरुले यो मिसाइलको कार हान्ने षमता ११ सय किलोमिटरसम्म भएको अनुमान गरेका छन् । यसको अर्थ यो हो कि यो सैद्धान्तिक रुपले अमेरिकासम्म पुग्न सक्छ । उत्तर कोरियाले पछिल्ला केही हप्ता कैयौं मिसाइल परीक्षण गरेको छ । अमेरिका र दक्षिण कोरियाले यसमा आइसीबीएम सिस्टमको पनि परीक्षण भएको बताएका छन् ।

२०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताको क्रममा उत्तर कोरियाले लामो दूरीको ब्यालेस्टिक मिसाइल र परमाणु परीक्षण गर्न बन्द गरेको थियो । तर, २०२० मा उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले आफू प्रतिबद्धताबाट नबाँधिएको घोषणा गरेका थिए । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल र परमाणु परीक्षणमा रोक लगाएको छ र पछिल्लो परीक्षणपछि प्रतिबन्ध पनि लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *