हाइ सेक्युरिटी जेलमा विकिलिक्सका संस्थापक जुलियन असान्जको बिहे, कूल ८ जना सहभागी

डिसी नेपाल
१० चैत २०७८ १६:४०

काठमाडौं। विकिलिक्सका संस्थापक जुलियन असान्ज र उनकी फियोन्से स्टेला मोरिसको लण्डनको हाइ सेक्युरिटी जेलमा बिहे भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विकिलिक्सका संस्थापक असान्जको बिहेमा कूल ४ जना पाहुला, २ जना आधिकारिक साक्षी र २ जना गार्ड सहभागी भए ।

५० वर्षका अस्ट्रेलियन नागरिक असान्जले आफूले कुनै पनि गलत काम गरेको आरोप अस्वीकार गरेका छन् । उनी २०१९ देखि लण्डनको बेलमर्श जेलमा छन् । यसअघि उनलाई लण्डनमा रहेको इक्वेडरको दूतावासमा ७ वर्षसम्म राखिएको थियो ।

असान्ज र मोरिसको भेट २०११ मा त्यतिबेला भएको थियो जतिबेला असान्जले आफ्नो कानुनी टिममा मोरिसलाई सामेल गरेका थिए । त्यसपछि यी दुईबीच २०१५ मा सम्बन्ध सुरु भयो । अण्डनमा इक्वेडरको दूतावासमा बस्ने क्रममा मोरिसले असान्जका २ बच्चालाई जन्म दिइन् । मोरिस र असान्जको बिहेको लागि बेलायती फेशन डिजाइनर भिभिएन वेस्टउडले कस्ट्युम तयार गरेका हुन् । वैसटउडले पहिले असान्जको प्रत्यार्पणविरुद्ध अभियान चलाएका थिए ।

असान्जमाथि एक दशक पहिले अमेरिकी सेनाका गोपनीय दस्तावेज प्रकाशित गरेको मामिलामा जासुसीको आरोप लगाइएको छ । अमेरिकी अभियोजकहरुले असान्जमाथि जासुसीका १७ आरोप लगाएका छन् । एउटा आरोप कम्प्युटर दुरुपयोगको पनि छ । यी आरोपहरुमा अधिकतम सजाय १७० वर्ष कैदसम्म छ ।

असान्जलाई स्वेडेनको आग्रहमा २०१० मा लण्डनमा गिरफ्तार गरिएको थियो । स्वेडेनले २ महिलाहरुसँग बलात्कार र यौन उत्पीडनको आरोपका विषयमा असान्जसँग सोधपुछ गर्न चाहन्थ्यो । असान्जले स्वेडेन पठाइनबाट बच्नको लागि २०१२ मा लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएका थिए । यसरी उनी बेलायती र स्वेडेनका अधिकारीहरुको पहुँचबाट टाढा भए ।

त्यसपछि उनी २०१९ को अप्रिलमा दूतावासबाट बाहिर आए । तर, बेलायती पुलिसले उनलाई धरौटीमा रिहा भएर भागेको आरोपमा गिरफ्तार गर्यो । स्वेडेनले नोभेम्बर २०१९ मा यौन उत्पीडनका आरोप फिर्ता लियो किनकि यसमा निकै धेरै समय लागेको थियो । असान्ज भने लण्डनको जेलमै रहे र प्रत्यार्पण मामिलाको सुनुवाइको लागि उनलाई जेलको गाडीमा अदालत ल्याइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *