युरोपेली देशले अब रुबलमा पैसा तिरेर मात्र ग्यास किन्न पाउने रुसी राष्ट्रपतिको घोषणा

डिसी नेपाल
१० चैत २०७८ १७:३४

काठमाडौं। युरोपेली देशले आफ्नो देशमाथि लगाएको आर्थिक प्रतिबन्धको बदलामा रुसी राष्ट्रपति पुटिनले युरोपेली देशलाई अप्ठ्यारोमा पार्ने गरी नयाँ घोषणा गरिदिएका छन् । उनले रुसले अब गैर मित्र देशलाई रुसको मुद्रा रुबलमा पैसा तिरेमा मात्र ग्यास बेच्ने घोषणा गरेका छन् । रुसलाई ग्यास किनेवापत रुबलमै पैसा तिर्नुपर्ने देशहरुको सूचीमा युरोपेली संघका सबै देश छन् । पुटिनले रुस विरुद्ध अभिएकाहरुलाई अब डलर र युरोमा पैसा तिरेर ग्यास नदिने बताएका छन् ।

युक्रेनमा आक्रमणका कारण कैयौं देशहरु ले रुसी सम्पत्ति सिल गरिदिएका छन् । यसको जवाफमा पुटिनको यो कदम आएको हो । उनले यी देशहरुले आफ्नो विश्वास तोडेको भन्दै यस्तो निर्णय गर्नुपरेको बताएका छन् । युरोपमा कूल खपत हुने ग्यासको ४० प्रतिशत रुस एक्लैले आपूर्ति गर्छ । रुसको यो घोषणाले युरोपको बजारमा हाहाकार हुन सक्छ । बुधबार मात्रै युरोपेली र बेलायती ग्यास बजारमा ग्यासको मूल्यमा १५ देखि २० प्रतिशत वृद्धि भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *