पर्यटन प्रवद्र्धनका लागि मधेस सरकारले ठोरीमा १० करोड लगानी गर्ने

डिसी नेपाल
११ चैत २०७८ २१:१२

जनकपुर । मधेस प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि तत्काल रु १० करोड आर्थिक लगानी गर्ने निर्णय गरेको छ । पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको प्रदेश सरकारले आजको मन्त्रिपरिषद् बैठकबाट विविध पर्यटकीय क्षेत्रको विकासका लागि रु १० करोड लगानी गर्ने निर्णय भएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

तराई मधेसको ‘मिनी उपत्यका’ को नामले परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको जनाएको छ । सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने पर्साको ठोरीलाई अब प्रदेश सरकारले विशेष पर्यटकीयस्थल घोषणा गरेपछि यस क्षेत्रमा विकासको सुरुआत हुने विश्वास लिइएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको ठोरीमा प्रदेश र सङ्घ सरकारको ध्यान नपुग्दा अपेक्षित विकास हुन सकेको छैन । मधेस प्रदेश सरकारले ठोरीलाई पर्यटकीयस्थल घोषणा गरेसँगै यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने आशा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *